गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रवर्द्धन

तनहुँको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गरेको गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवर्द्धन तथा प्रदर्शनी कार्यक्रम ।

मातृशिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । स्तनपान गराउने, सुत्केरी र गर्भवती महिलालाई पोलिस नगरेको चामल, अण्डा, गेडागुडी तथा क्वाँटी, शुद्ध तोरीको तेल, हरियो तरकारी तथा सागपात, फलफूल, सर्वोत्तम पिठो, ज्वानो लगायतका खाद्य सामाग्री प्रदर्शनीमा राखिएको थियो ।

यस्तै बालबालिकाहरुलाई सर्वोत्तम पिठो, अण्डा, केरा, तरकारीलगायत सामाग्री प्रदर्शनीमा राखिएको थियो । पोषणयुक्त खानेकुराको सही मिश्रणले मात्रै राम्रो नतिजा दिने हुँदा बालबालिका तथा गर्भवती महिलालाई खानेकुरा दैनिक रुपमा मिलाएर खाने तरिकाका बारेमासमेत जानकारी गराइएको थियो । तस्विर : भञ्ज्याङ










