माओवादी केन्द्र गण्डकी प्रदेशको सातौ पूर्ण बैठकबाट जिल्ला इन्चार्ज चयन

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा सम्पन्न सातौं पूर्ण बैठकले प्रदेश अन्तर्गतका जिल्ला, पालिका तथा वडाहरुमा नेताहरुको जिम्मेवारी तोकेको छ ।

माओवादीले अन्तर प्रदेश जिल्ला इन्चार्जहरुको सरुवा समेत गरेको छ । बैठकले तनहुँको इन्चार्जमा शैलेन्द्र घिमिरे चयन गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य रहेका घिमिरे यसअघि स्याङ्जाको इन्चार्ज थिए । तनहुँ इन्चार्ज रहेका हरिबहादुर चुमानलाई भने जिम्मेवारी तोकिएको छैन ।

पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखि सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर तथा कार्यक्षेत्र परिर्वतन गरिएको हो ।

पार्टीकै केन्द्रीय सदस्य आशा खनाललाई लमजुङ जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कास्कीको इन्चार्ज रहेका राजकाजी गुरुङ -करण)ले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । पोखरा महानगरपालिकाको इन्चार्ज रहेका दीपक कोइरालालाई गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै, कास्कीमा नेत्रनाथ अधिकारी (हिमाल) इन्चार्ज तोकिएका छन् । पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, म्याग्दीमा गुप्तबहादुर हमाल र मुस्ताङमा कपिल लामालाई इन्चार्ज बनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker