पोखरा–मुग्लिन सडक आयोजना : सेती पुल निर्माणले गति लियो

गण्डकी : पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । विसं २०७९ साउनमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माणमा सुरुमा केही ढिलाइ भए पनि पछिल्लो समय कामले गति लिएको हो । गत जेठमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माणाधानीन पुलेका निरीक्षण गरी निर्धारित समयमै काम सक्न आयोजना कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका थिए ।

पुल निर्माणका लागि पछिल्लोपटक थपिएको म्याद आगामी फागनुसम्म रहेको आयोजना कार्यालयले जनाएको छ । अहिले पुलको ‘डाउनस्ट्रिम’ तर्फ टावर निर्माण र पाइप राख्ने काम भइरहेको आयोजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले बताए । ‘बिहीबारदेखि स्ल्याब ढलानको काम सुरु हुन्छ’, उनले भने, ‘पुलमा रहेका चारवटै टावरमा पनि ७५ प्रतिशत काम सकिएको छ ।’

थपिएको म्यादभित्रै काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिएको प्रमुख इन्जिनियर कुँवरले बताए । ‘डाउनस्ट्रिम’तर्फको ढलानपछि ‘अपस्ट्रि’मा टावर निर्माण र पाइप जडानको काम सुरु हुने उनको भनाइ छ । भ्याटबाहेक रु. ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । यसअघि मापदण्डभित्रका संरचना समयमा नहटाउँदा पुल निर्माणको काम पनि सुस्त भएको थियो । पुलका लागि चाहिने केबल लगायतका सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले पनि काममा ढिलाइ हुँदै आएको थियो ।

‘केबल–स्टेड’ प्रविधिको उक्त पुल एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत निर्माण भइरहेको हो । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरि आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख इन्जिनियर कुँवरले बताए । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्नेछ ।

१९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग भएको प्रमुख इन्जिनियर कुँवरले बताए । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker