पूर्वमन्त्री गोविन्दराज जोशीले पाए सबै कैद छुट

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशीले सबै कैद छुट पाएका छन्। विशेष र सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनी अब जेल बस्नुनपर्ने भएको हो।

ज्येष्ठ नागरिकले पाउने कैद छुटको मागसहित उनले असार २४ गते निवेदन दिएका थिए। शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले कैद सजाय छुटको आदेश दिएको हो।

७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशत कैद छुट पाउने व्यवस्था छ। अख्तियारको अनुसन्धानका क्रममा पहिल्यै ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद छुटको माग गर्दै निवेदन दिएका थिए।

आदेश बहुमतबाट भएको थियो। कारागारमा रहेकाले निवेदन दिएपछि छुट पाउने कि, कारागार नै नबसेकाले निवेदन दिएपछि पनि छुट पाउने‍ भन्नेमा न्यायाधीहरूबीच राय बाझिएको थियो ।

न्यायाधीश पौडेल र कोइरालाले कारागार नबसे पनि कैद छुटको सुविधा पाउनसक्ने राय दिएका थिए।कारागारमा बसेकाले मात्रै निवेदन दिनुपर्ने राय न्यायाधीश रावलको थियो।

जोशीलाई ०६९ साउन १० गते विशेष अदालतले १ वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना तोकेको थियो। त्यसको १२ वर्षपछि सर्वोच्च अदालतले विशेषको फैसला केही उल्ट्याउँदै ०८१ साउन १३ गते ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। सर्वोच्च अदालतबाट कैद र जरिवाना तोकिए पनि उनले सजाय भुक्तान गरेका थिएनन्।

नेपाली कांग्रेसको पूर्वसहमहामन्त्रीसमेत रहेका उनी पछिल्लो समय छुट्टै समूह सञ्चालन गर्दै आइरहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker