गोरखा नगरपालिकामा मोतियाबिन्दुको निःशुल्क उपचार

गोरखा

गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ ।
नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । “यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा रु चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो।
नगरवासीले शल्यक्रिया गर्दा लाग्ने सबै खर्चसँगै चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ । नगरवासीलाई स्वास्थ्य सेवा कार्ड पनि उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । तर तत्कालका लागि भने स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रका आधारमा उक्त सुविधा लिन पाइने नगरपालिकाले जनाएको छ ।
“स्वास्थ्य कार्ड उपलब्ध नहुँदासम्म नगरवासी भएको परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, सवारी चालक अनुमतिपत्र, बसाइँसराइ पत्र वा विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि निःशुल्क सेवा लिन पाउनेछन्”, नगरप्रमुख रानामगरले भन्नुभयो ।
मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने नगरवासीका लागि निःशुल्क शल्यक्रिया सहितको उपचारका लागि नगरपालिकाले सेवा केन्द्रलाई चालु आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराउने नगरप्रमुख रानामगरले बताउनुभयो । “नगरपालिकाले विनियोजन गरेको रकम आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रको खातामा उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो ।
गोरखा नगरपालिका–६, स्थित अस्पतालचोकमा रहेको लायन्स आँखा सेवा केन्द्र गोरखाले विगत १९ वर्षदेखि सेवा दिँदै आएको छ । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker