व्यवसायीक सयपुत्री फूलखेती

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकमा दशैंतिहार पर्वका लागि लक्षित गरिएको सयपत्री फूलखेतीमा सयपत्री फूल फक्रदै गएपछि बिक्रीका लागि टिप्दै कृषकहरु । यहाँका ४५ जना कृषकहरुले करिब ४५ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । गत वर्ष करिब नौ लाख बढी आम्दानी लिन सफल यहाँका कृषकहरुले यस वर्ष सयपत्री फूल बिक्रीबाट करिब १० लाख रुपैयाँसम्म आम्दनी लिने लक्ष्य लिएको गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले जनाएको छ ।

आव २०८० देखि व्यवसायीक फूलखेती गर्दै आएका यहाँका कृषकले गत दुई वर्ष कतारमा समेत सयपत्री फूल निरियात गरेका थिए भने बिक्री नभएका फूलबाट अगरबत्ती धुप समेत बनाउँदै आएका छन् । यहाँ उत्पादिन फूल दमौली, गोरखा, पोखरा, आँबुखैरेनी, नारायणघाट लगायतका बजारमा बिक्री वितरण हुँदै आएको छ ।

तस्विर : भञ्ज्याङ










