तनहुँको आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम

तनहुँको दमौली स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गण्डकी प्रदेशमा प्रथम हुन सफल भएको छ ।

गण्डकी प्रदेश स्तरीय बार्षिक समिक्षामा आर्थिक बर्ष २०७९/०८० मा तनहुँको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रदेशका ११ जिल्ला मध्येमा उत्कृष्ट कार्य गर्दै प्रथम हुन सफल भएको हो ।

उक्त आर्थिक बर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले अकुपंचर उपचार पद्धति, थेरापी, पायल्स् तथा फिस्टुलाको उपचारमा उल्लेखनीय कार्यहरु गरेको थियो ।

सिमित स्रोत साधानबाट पनि र्सवसाधारणको हितलाई ध्यानमा राखेर कामहरु गरिएको र त्यसको उचित मूल्याङ्कन भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका निवर्तमान प्रमुख डा. रामप्रवोध मण्डलले बताएका छन् ।

हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्गजाका प्रमुखको जिम्मेवारीमा रहेका डा. मण्डलले तनहुँमा रहदा आयुर्वेद उपचार पद्दति प्रति र्सवसाधारणको विश्वास जगाउन सफल भएका थिए । पछिल्लो समय तनहुँमा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार सेवा लिने सेवाग्राहीको उल्लेख्य सहभागिता हुने गरेको छ ।

कार्यसम्पादनमा पहिलो बनेको तनहुँलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मालागयतले सोमबार पुरस्कृत गरेका थिए ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ । कार्यालयद्वारा विगत एक वर्षा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा कास्की पहिलो बनेको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुइदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको थियो । प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई पुरस्कृत गरिएको थियो ।

यसैगरी अस्पतालमा गोरखा जिल्ला अस्पताल कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुन सफल भएको छ । त्यसैगरी मध्यविन्दु अस्पताल नवलपरासी द्वितीय र धवलागिरि अस्पताल बागलुङ तृतीय भएका थिए । मन्त्रालयले स्थानीय पालिकाको समेत मूल्याङ्कनमा गोरखा नगरपालिका उत्कृष्ट बन्न सफल भयो । त्यसैगरी म्याग्दीको बेनी नगरपालिका द्वितीय र लमजुङको मध्य नेपाल नगरपालिका तृतीय बनेका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गत गठन गरिएको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मूल्याङ्कन प्राविधिक कार्य समूहले विभिन्न मापदण्डका आधारमा उत्कृष्ट छनोट गरेको हो ।

प्राविधिक कार्य समूहअर्न्तर्गतको उपसमितिले विभिन्न मापदण्ड र सूचकका आधारमा उत्कृष्ट अस्पताल र स्वास्थ्य कार्यालय छनोट गरेको उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यक्रम र नतिजाका आधारमा उत्कृष्ट छनोट गरिएको हो ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत गण्डकीमा प्रदेशस्तरीय कार्यालय छ, स्वास्थ्य कार्यालय ११, अस्पताल ११ र आयुर्वेद कार्यालय ११ गरी ३९ निकाय छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker