सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि

‘दिनमा दश खिल्ली चुरोट पिउनुभन्दा घातक छ निस्क्रिया बस्नु ।’

अहिले हामीलाई सुविधा चाहिएको छ । ऐश–आरम चाहिएको छ । सुख–चैन चाहिएको छ । हामी चाहन्छौं, सुती सुती खान पुगोस् । मुलायम विच्छ्यौनामा खुट्टा तन्काएर, मोवाइल चलाउँदै, मीठो–मसिनो खाँदै बस्न पाइयोस् ।

तर, शरीरको रचना यसरी भएको छैन । यो शरीर त समूचित श्रमका लागि निर्माण भएको हो ।

शारीरिक गतिविधि, श्रम वा व्यायाम एक अनिवार्य हिस्सा हुन् । त्यसैले शरीरलाई माया गर्नुहुन्छ भने, यसलाई आरम नदिनुहोस् । बरु, कुनै न कुनै रुपले सक्रिय राख्नुहोस् । गतिशिल राख्नुहोस् । तब शरीरका सारा अवयवहरु चलायमान हुनेछन् ।

हामीमध्ये कतिपय शारीरिक श्रम गर्छौं । तर, शारीरिक श्रम पनि समूचित हुनु जरुरी छ । अति–श्रमले पनि हानी गर्छ । त्यो भन्दा बढी हानी चाहि निस्क्रिय जीवनशैलीले गर्छ ।

वर्तमानको सबैभन्दा ठूलो जटिलता नै यही निस्क्रिय जीवनशैली हो । हामी केही न केही काम त गरिरहेका छौं, तर त्यसबाट शारीरिक गतिविधि पूर्ण रुपमा नभएको हुनसक्छ । यस्तो अवस्थामा कसरी शरीरलाई गतिशिल, चुस्त र फुर्तिलो राख्ने त ?

सही विधी हो, सुक्ष्म व्यायाम ।

के हो सुक्ष्म व्यायाम ?

तपाईं कार्यलयमा बसिरहनुभएको छ, घरमा टिभी हेरिरहनुभएको छ, साथीभाईसँग गफ गरिरहनुभएको छ । जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, सुक्ष्म व्यायाम गर्न सक्नुहुन्छ ।

यो सामान्य, सरल, सहज व्यायाम हो । यसका लागि पसिना चुहिनेगरी उफ्रिनुपर्दैन । दौडनुपर्दैन । जीम धाउनु पर्दैन । बस्, यथास्थितीमा रहेर शरीरका केही आसन गरे पुग्छ । यस्तो आसन सजिलो र छरितो पनि छ । तपाईं जुनसुकै स्थानमा, जुनसुकै अवस्थामा सुक्ष्म व्यायाम गर्न सक्नुहुन्छ ।

हामी एकै स्थानमा लामो समय बसेर काम गरिरहेका हुन्छौं, गफ गरिरहेका हुन्छौं, गाडी चलाइरहेका हुन्छौं । यस्तो अवस्थामा पनि सुक्ष्म व्यायाम गर्न सकिन्छ ।

कसरी गर्ने ?

हाम्रो हत्केलासँग सम्पूर्ण अंगहरुको जोडिएको हुन्छ । हत्केलामा ति अंगहरुको विशेष प्रेसर प्वाइन्ट हुन्छ । हातका औलाहरु खुम्चाउने, फैलाउने गर्दा ति प्रेसर प्वाइन्टमा दवाव पर्छ र भित्री अंगहरुमा फाइदा पुग्छ ।

जस्तो मुुटुका डाक्टरहरुले मुटु रोगीलाई हत्केलमा बल दिन्छन् र त्यसलाई चलाइरहन सुझाव दिन्छन् । यसरी चलाउँदा मुटुको प्रेसर प्वाइन्टमा दबाव पर्छ र फाइदा गर्छ । मुटु मात्र होइन, यो विधीले अरु अंगहरुमा पनि फाइदा गर्छ । त्यसैले दिनमा जतिसुकै व्यस्त भएपनि हात तन्काएर औला खुम्चाउने, फैलाउने गर्नुपर्छ । कम्तीमा बिस पटक गर्नुपर्छ ।

यसैगरी हातलाई मुठी बनाएर घुमाउन सकिन्छ । एकातिर पाँच पटक र अर्कोतिर पाँच पटक । तल माथि गर्ने । यसैगरी हातलाई मुठी बनाएर कुमतर्फ लाने, फेरी तल लगेर फैलाउने । कुम घुमाउने । टाउकोलाई पनि घुमाउने । यी विधीहरु गरिरहँदा ख्याल राख्नुपर्ने कुरा के भने, सुल्टोबाट जति पटक यस्तो क्रिया गरिएको छ, उल्टोबाट पनि त्यती नै पटक गर्नुपर्छ । जस्तो नाडीलाई हामीले दाहिनेतर्फ पाँच पटक घुमायौं भने फेरी देब्रेतर्फ पनि पाँच पटक नै घुमाउनुपर्छ ।

उठेर कम्मरलाई दुबैतिर घुमाउने । घुँडा जोड्ने र घुमाउने ।

घरमा बसेर टिभी हेरिरनुभएको छ वा कार्यलयमा बसेर काम गरिरहनुभएको छ, एक÷दुई मिनेट समय निकालेर शरीरलाई तन्काउनुहोस् । हातलाई उठाउनुहोस् । पछिल्तिर झुक्नुहोस् । टाउकोलाई दायाँवायाँ घुमाउनुहोस् । खुट्टा चलाउनुहोस् ।

सुक्ष्म व्यायामको केही सरल विधी छन् । जस्तो दुवै हात जोडेर तन्काउनुहोस् । हातलाई पछाडि लगेर मेरुदण्डको हड्डीलाई तन्काउनुहोस् ।

कसले गर्न सक्छन् ?

सुक्ष्म व्यायामको लागि कुनै छेकबार छैन । जो कोहीले गर्न सक्छन् । बुढाबुढीदेखि बालबच्चासम्मले, रोगीदेखि तन्दुरुस्तसम्मले । यसको कुनै हानी छैन । किनभने सुक्ष्म व्यायाम एकदमै सरल विधी हो । यसका लागि कुनै निश्चित समय कुर्नुपर्दैन । जुनसुकै समयमा गर्न सकिन्छ । जब तपाईंलाई याद हुन्छ, केही न केही व्यायाम गर्न सक्नुहुन्छ । लामो समयसम्म एकै स्थानमा बसिरहनुपर्ने व्यक्तिहरुले एक, डेढ घण्टाको अन्तरमा सुक्ष्म व्यायाम गर्न सक्छन् ।

सुक्ष्म व्यायामले शरीरका ति अंग प्रत्यंगहरुको व्यायाम हुन्छ, जुन अन्य व्यायामले हुँदैन । शरीरका स–सना अंगहरुमा यसको सकारात्मक प्रभाव पर्छ । गर्दन, कान, आँखा, टाउको, पाखुरा, मेरुदण्ड, मांसपेशी, जोर्नी सबैमा यसले फाइदा गर्छ ।

योगले के भन्छ भने, दिनमा एक पटक तपाईं हामीले एक पटक हातलाई शिर माथि पु¥याउनै पर्छ ।

बस्ने र सास लिने सही शैली

तपाईं यतिबेला कसरी बसिरहनुभएको छ ? खुम्चिनुभएको छ वा अगाडि झुक्नुभएको छ । यो दुबै विधी सही होइन । बस्दा तपाईंको शरीर सिधा पोजिसनमा हुनुपर्छ । मेरुदण्डलाई एकदमै सोझो राख्नुपर्छ । मेरुदण्ड जति सोझो राख्न सकियो, उत्तिनै स्वस्थ्य भइन्छ । सच्चा योगीहरुको विशेषता के भने उनीहरुको मेरुदण्ड एकदम सिधा हुन्छ । खुम्चिएको हुँदैन ।

यसैगरी बसिरहँदा आफ्नो श्वासप्रश्वासमा पनि ध्यान दिनुपर्छ । गहिरो सास लिने, फेर्ने विधी अपनाउनुहोस् ।

यी सामान्य, सरल विधी अपनाउनुभयो भने तपाईंको शरीर स्वस्थ्य, स्फूर्त र तन्दुरुस्त हुन्छ । अनलाइनखबर

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker