रास्वपा व्यासमा दाहाल, अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : नेता वाग्ले

भञ्ज्याङन्यूज

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का उपसभापति डा स्वणिर्म वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा व्यक्त गरेका छन् । रास्वपा व्यास नगर समितिको शनिबार दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।

पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । उनले भने, “राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ । त्यसमा हामी सचेत छौँ ।” तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहेका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर र्सवसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे ।

“तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ । आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो”, डा वाग्लेले भने, ‘पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेका छन् । हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौँ । पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ ।”

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडि बढाउँदै सामाजिक न्यायसहितको उद्धार अर्थतन्त्रको नीति लिइएको बताए । कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे । “सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदो पार्टीको छ”, उनले भने, ‘पार्टीमा नेतृत्व गर्न आउनेलाई केन्द्रबाट हस्तक्षेप नगर्ने र तल्लो तहबाटै नेतृत्व छनोट गरिने छ ।’

रास्वपा राजावादी पार्टी नभएको बताउँदै राजा चाहिन्छ भन्नेहरू पार्टीमा रहन नसक्ने वाग्लेको भनाइ थियो । संघीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको वाग्लेले बताए । आफूहरू संघीयताको विरोधी नभएको उनको भनाइ थियो ।

व्यास नगर समिति सभापतिमा दाहाल

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को व्यास नगर समिति सभापतिमा चुडामणि दाहाल निर्वाचित भएका छन् । शनिबार भएको भेलाबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका लागि दाहाल र करुण काफ्लेबीच मतदान भएको थियो । मतदानमा दाहालले ६६ र काफ्लेले १९ मत प्राप्त गरेका छन् । ९० मत खसेकामा पाँच मत बदर भएको थियो ।

अन्य पदमा भने सर्वसम्मत भएको छ । उपसभापतिमा सुशील पौडेल, सचिवमा नगेन्द्र ढुंगाना, कोषाध्यक्षमा अन्जु दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिकन्दर बक्स, वीरबहादुर नेपाली, जगराम गुरुङ, गोविन्द श्रेष्ठ, मन्जु विक, लक्ष्मी प्रधान, कृति बानियाँ चयन भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker