जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेर मात्र मर्न चाहन्छु : वरिष्ठ नेता पौडेल

भञ्ज्याङ न्यूज

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक पनि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन । यसअघि यही क्षेत्रबाट चुनाव हारेका पौडेलले गृह जिल्ला तनहुँमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै आफू उम्मेदवार हुँदा अरुको दाबी नहुने पनि बताएका छन् ।

यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जितेरमात्र आफू मर्न चाहेको पौडेलले बताए । ‘मैले साथीहरुलाई भनेको छु, मैले जहाँबाट चुनाव हारें, त्यहीँबाट जितेरमात्र मर्न चाहन्छु,’ नेता पौडेलले भने । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।

२०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल पराजित भएका थिए । तनहुँ क्षेत्र नम्बर १ मा कुल खसेको ६७ हजार ८ सय ३ मतमध्ये श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी भएका थिए । नेता पौडेलले २७ हजार ६ सय ९० मत ल्याउँदा ६ हजार ८ सय २ मतान्तरले श्रेष्ठ विजयी भएका थिए ।

नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएपछि श्रम मन्त्रीसमेत बनेका श्रेष्ठ यो चुनावमा पनि उठ्न चाहान्छन् । उनकै लागि माधवकुमार नेपालले तनहुँ क्षेत्र नम्बर १ मागेको चर्चासमेत थियो । तर, पौडेलले गठबन्धनको सूत्रधार नै आफू भएको र आफू उम्मेदवार हुन्छु भन्दा अरुको दाबी नपुग्ने बताएका छन् ।

‘उहाँले दाबी गरेपछि मेरो केही लाग्दैन भनेर मलाई अर्को व्यवस्था गरिदिनुस् केही भनेर माधवजी र मसँग उहाँको उम्मेदवार (कृष्णकुमार श्रेष्ठ)ले भनिसक्नुभएको छ,’ पौडेलले भने ।

तनहुँका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुलाई राखेर आफूले सल्लाह गरिसकेको पौडेलको भनाइ थियो । नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने बताए ।

‘शीर्ष नेता तनहुँका केन्द्रीय सदस्यहरुसँग समेत छलफल गरेको छुँ, जिल्लाका साथीहरुसँग पनि छलफल भइरहेको छ,’ नेता पौडेलले भनें, ‘औपचारिक रुपमा निर्णय गरेर अगाडि बढ्छु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker