एमाले तनहुँको जिल्ला अधिवेशन बैशाख ७ र ८ गते

भञ्ज्याङन्यूज

नेकपा एमाले तनहुँको एघारौं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख ७ र ८ गतेलाई तय गरिएको छ । सोमबार दमौलीमा बसेको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

उक्त बैठकले रिक्त रहेको जिल्ला कमिटी सदस्यमा सोमनाथ शर्मा, विष्णुमाया ढकाल, नारयण श्रेष्ठ, बाबुराम कार्की, शिवओम मल्ल, दिपक खाती, हरिकुमार कार्की, भरत केसीलाई मनोनीत गर्ने निर्णय गरिएको एमाले जिल्ला कमिटीका सचिव राजेश्वर ढकालले जानकारी गराए ।

जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रर्साईली, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker