भ्रमण भत्ताको रकम दीर्घरोगीको उपचारमा
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको भानु नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको भ्रमण भत्ताको रकम दीर्घरोगीको उपचारमा प्रदान गरिएको छ।
नगरसभाले जनप्रतिनिधि र कर्मचारीको भ्रमण भत्ता बापत विनियोजन गरेको १० लाख रुपैंया रकमलाई रकमान्तर गरि दीर्घरोगीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम मृगौला प्रत्यारोपण गरिएको, डायलासिस गराइरहेका, क्यान्सर भएका, मेरुदण्ड पक्षघात भएका नगरपालिका भित्रका ६५ जना बिरामीलाई अवस्था हेरी ५ हजार देखि १५ हजार रुपैंया सम्म उपलब्ध गर्राईएको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए ।










