दुलेगौंडाका बाह्र वर्षीय बालकले बनाए विद्युतीय स्कुटर

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौँडाका १२ वर्षीय बालक निश्चल रिमालले विद्युतीय स्कुटर बनाएका छन् । स्थानीय नेपाल पुलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत रिमालले रु ७५ हजारमा एक सातामै विद्युतीय स्कुटर बनाएर सफल परीक्षण गरेका हुन् ।

महँगो इन्धनको विकल्पमा विद्युतीय स्कुटर बनाउने इच्छा जागेकाले सात दिनमै सफल भएको रिमालले बताएका छन् । उनले भने, ‘आफ्नो योजनामा बुबा नारायण रिमालले साथ दिनुभएकाले सम्भव भएको हो । एकपटक पूर्णरुपमा चार्ज गर्न करिव डेढ घण्टा लाग्ने र करिब १० किलोमिटर यात्रा तय गर्न सकिने स्कुटर बनेको छ ।’

“विद्युतीय स्कुटर बनाउन सात दिन लाग्यो”, निश्चलले भने, “मानिस आएर हौसला दिनुभएको छ । झनै आत्मबल बढेको छ, अब विद्युतीय कार बनाउने योजनामा छु”, निश्चलले स्कुटरमा मोटर, चार्जर, स्कुटरको पाङ्ग्रालगायत उपकरण जडान गरेका छन् ।

छोराले सानै उमेरदेखि पढाइको अलावा बिग्रिएको पङ्खा, घडी, मोबाइल मर्मत गर्दै आएको बुबा नारायणले जानकारी दिए । छोराले आवश्यक सामग्री अनलाइनमार्फ खरिद गर्न माग गरेकाले आफूले सोहीअनुसार सहयोग गरेको उनले बताए । छोराले विद्युतीय कार बनाउने इच्छा व्यक्त गरेको र आफूले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । “छोराले अब विद्युतीय कार बनाउँछु भनेको छ”, नारायणले भने, “अब कार बनाउन पनि सकेको सहयोग गर्छु ।”

नेपाल पुलिस स्कुलका प्रधानाध्यापक पुष्प रायक्षेत्रीले विद्यालयको अतिरिक्त कृयाकलापमा विद्युतीय उपकरण बनाउन निश्चल अग्रसर रहने गरेको बताए । निश्चलको क्षमतालाई बढावा दिन विद्यालयले सृजनात्मक वातावरण तयार गर्ने गरेको प्रधानाध्यापक रायक्षेत्रीको भनाई छ ।

”पाँच कक्षा पढ्ने १२ बर्षाय बालकले बनाएको विद्युतीय स्कुटर देखेपछि हामी पनि छक्क परेका छौं”, प्रधानाध्यापक रायक्षेत्रीले भने, “उहाँको क्षमतालाई अझै कसरी प्रस्फुटन गर्न सकिन्छ भन्नेमा हामी अग्रसर रहनेछौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker