एमाले तनहुँको १०औं अधिवेशन : २८६ मत गणना, कंडेल समुहको अग्रता (सदस्यको मतपरिणाम सहित)

भञ्ज्याङन्यूज

नेकपा एमाले तनहुँको गत शुक्रबारदेखि दमौलीमा आयोजित १०औं अधिवेशन अन्तर्गत आज पनि मतगणना कार्य जारी रहेको छ । आज दिउँसो १:०० बजेसम्म गणना गरिएको २८६ मतपरिणाम अनुसार हरिराज कंडेल समुहको अग्रता लिइरहेको छ ।

जिल्ला कमिटीको अध्यक्ष पदका उम्मेदवार हरिराज कंडेलले हालसम्म १६२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले ११९ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा राजेश्वर ढकालले १५३ र श्रीराम कार्कीले १२७ मत प्राप्त गरेका छन् । सचिवमा प्रदीपराज अधिकारीले १५२ र अनिल पाण्डेले १२६ मत प्राप्त गरेका छन् ।

उपसचिवमा खिम कुमालले १६७ र आरके पोख्रेलले १०५ मत प्राप्त गरेका छन् भने उपसचिव महिलामा सुनिता नेपालीले १५४ र बसुन्धरा घर्तीले ११७ मत प्राप्त गरेका छन् ।

जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा २३ जना सदस्य निर्विरोध चयन भएका छन् भने अन्य पदमा आइतबार साँझ निर्वाचन भएको थियो । निर्वाचनमा कूल ५६० मतदाता सहभागि भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker