दमौली-चितवन जोड्न् बुद्धसिंह मार्गको स्तरोन्नति गरिंदै

तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म पुग्ने बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे-आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट २५ किलोमिटर दूरी कम पर्ने भएकाले यस मार्गमा स्तरोन्नतिका काम भइरहेको छ ।

व्यास-१ दमौली बसपार्कदेखि आँबुखैरेनी-५ घुमाउनेघाटसम्मको कूल ३४ किलोमिटर लम्बाइमध्ये यस वर्ष १० किलोमिटर पक्की सडक निर्माण गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । यसै चालु आर्थिक वर्षा सक्ने गरी २०७९ साल भदौ २७ गते निर्माण कम्पनी सफल मैनाचुली जेभीले काम सुरु गरेको हो ।

दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडाको पक्की सडक निर्माण गरिने पूर्वाधार विकास कार्यालयका डिभिजनल कन्सल्टेन्ट इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिए । उक्त सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । संघीय सरकारबाट सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६१ बजेट विनियोजन गरिएको छ ।

उक्त सडक खण्डमा हालसम्म ३० प्रतिशत कार्य प्रगति भइसकेको छ । अहिले पक्की नाला निर्माण, स्ट्रक्चर र सबग्रेडिङलगायत कार्य भइरहेको इन्जिनियर यादवले बताउनुभयो । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने झोलुङ्गेपुलबाट डोर्‍याएर मुग्लिङ-नारायणगढ सडकखण्डसम्म लैजान सकिन्छ ।

पोखरा-नारायणगढ सडकको विकल्प मार्गका रूपमा यस बुद्धसिंह मार्गको स्तरोन्नति कार्य गरिएको हो । घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तर्राईका विभिन्न जिल्ला जान सहज तथा समय बचत हुने बुद्धसिंह मार्गका पूर्वअध्यक्ष विश्व बास्तोलाले बताए ।

दुइपाङ्ग्रे सवारी साधन भने झोलुङ्गे पुल तरेर मुग्लिङ-नारायणगढ सडक भएर जाने गरेका छन् । बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतैबाट दमौलीतर्फ फर्किन बाध्य छन् । तनहुँ-चितवन जोड्ने गरी घुमाउनेमा गाडी गुड्ने पुल निर्माण भइरहेको छ । पुल बनेपछि पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको यस मार्ग हुँदै छोटो दूरीमा यात्रा गर्न सकिन्छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार कार्य चलिरहेको छ । राजमार्ग धुलाम्य भएपछि मोटरसाइकल यात्रु भने बुद्धसिंह मार्ग हुँदै आवतजावत गर्न थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker