तनहुँका तीन क्याम्पसमा स्ववियु नेतृत्व चयन, दुइमा अनिश्चित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका तीन वटा क्याम्पसमा स्ववियु निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ । आइतबार सम्पन्न निर्वाचनबाट भिमादको जनज्योति, शुक्लागण्डकीको शहीदकृष्ण र आँवुखैरेनीको आँवुखैरेनी क्याम्पसमा स्ववियु नेतृत्व चयन गरिएको हो ।

भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा नेविसंघका विनोद पराजुली विजयी भएका छन् । निर्वाचनमा १७८ मत प्राप्त गरी पराजुली सभापतिमा विजयी भएका हुन् । सभापतिका उम्मेदवार अनेरास्ववियुका निषा श्रेष्ठले ९७ मत प्राप्त गरिन् । निर्वाचनमा नेविसंघको प्यानलै विजयी भएको छ । स्ववियु सचिवमा कल्पना सुनार र कोषाध्यक्षमा अमृत परियार विजयी भएका छन् । सदस्यहरुमा निशा भुजेल, सविता माल, सचिन श्रेष्ठ, इन्द्रावती सार्की र काशिका राना विजयी भएका छन् ।

यस्तै, शुक्लागण्डकी नगरपालिका-८ स्थित शहीदकृष्ण क्याम्पसमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल विजयी भएको छ। निर्वाचनमा यस क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो । निर्वाचनमा ४० मतमध्ये ३७ मत खसेको थियो। सभापतिमा विष्णुबहादुर अधिकारीले २७ मत र प्रतिस्पर्धी अनेरास्ववियुका मनोज बानियाँले १० मत प्राप्त गरे । सचिवमा नेविसंघकै शालिग्राम पोख्रेलले २७ मत र उनका प्रतिस्पर्धी अनेरास्ववियुका ओमबहादुर महतले १० मत प्राप्त गरे।

सदस्यहरुमा विना विक ३०, थमनबहादुर भुजेल ३०, दिपिका काफ्ले ३१ र प्रमिला पौडेल ३१ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा भने अखिल -क्रान्तिकारी) की सुष्मा माकिम यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन् ।

स्ववियु निर्वाचन अन्तर्गत आँबुखैरेनी क्याम्पसमा सत्तारुढ गठबन्धनले विजय भएको छ । अखिल -क्रान्तिकारी)को नेतृत्वको गठबन्धनले विजय हासिल गरेको हो । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी)का निशान मगर ११६ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका कृशल कंडेलले ७२ मत प्राप्त गरेका छन् ।

सचिवमा नेविसंघका बोनिस अधिकारी ७२ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका सविता श्रेष्ठले ६१ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का श्वेता थापा १०८ मत प्राप्त गरी विजयी भइन् । प्रतिस्पर्धी अनेरास्ववियुका उज्ज्वल थापाले ६६ मत प्राप्त गरे । सदस्यहरुमा अखिल (क्रान्तिकारी)का अस्मिता श्रेष्ठ १०२, अर्पण देवकोटा १०७ र रविन कामी १०९ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी अनेरास्ववियुका इन्दु अधिकारीले ४९, सुरज श्रेष्ठले ५६ र अमृत कट्टेलले ४६ मत प्राप्त गरेका छन् । २६७ मतदाता रहेको निर्वाचनमा १९३ मत खसेको बताइएको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त क्याम्पसहरुमा आइतबार स्ववियु निर्वाचनका लागि मतदान कार्यक्रम भएपनि तनहुँका पाँच मध्ये दुइ क्याम्पसमा निर्वाचन अनिश्चित बनेको छ । व्यास नगरपालिकास्थित आदिकवि भानुभक्त क्याम्पस र शुक्लागण्डकी नगरपालिकाको भानुभक्त बहुमुखी क्याम्पसमा भने निर्वाचन अनिश्चित बनेको हो । आदिकवि क्याम्पसले सूचना नै जारी गरी निर्वाचन स्थगित गरेको छ भने भानुभक्तमा नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि निर्वाचन प्रकृया सुरु हुन सकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker