खेलकुद
-
खेलकुद
दौडमै भविष्य देखेका आँबुखैरेनी बरादीका २६ वर्षीय सनम
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ । विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका सनमले आफ्नो अथक मिहिनेत, लगनशीलता र दृढ इच्छाशक्तिबाट उल्लेखनीय सफलता…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
तनहुँमा वैशाख २६ र २७ गते गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता
दमौली : तनहुँको दमौलीमा गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता गरिने भएको छ । जिल्ला खेलकुद विकास समिति तनहुँले अन्तरजिल्ला स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो । यही वैशाख २६ र २७ गते व्यास नगरपालिका–३ खुल्ला मैदानमा अन्तरजिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्न लागिएको विहीबार…
पुरा पढ्नुहोस -
खेलकुद
भानु नगर स्तरीय खेलकुद प्रतियोगितामा वडा नं. ३ र ७ च्याम्पियन
भानु : भानु नगरस्तरीय खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो मेयर–उपमेयर कप खेलकुद प्रतियोगितामा वडा नं. ३ र ७ च्याम्पियन बनेका छन् । प्रतियोगिताका फुटबलतर्फ १३ तथा भलिबलतर्फ ११ वडाको सहभागिता रहेको थियो । फुटबलतर्फ वडा नं. ३ ले उपाधि जित्दै वडा नं. २ लाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि
तनहुँको व्यास नगरपालिकाले ३४औं स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तरजिल्ला पालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि जित्न सफल देवघाट गाउँपालिकालाई व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै पुरस्कृत गर्दै । प्रतियोगितामा पुरुषतर्फ शुक्लागण्डकी नगरपालिका उपाधि जित्न सफल भएको छ । बुधबार दमौलीमा भएको फाइनल खेलमा पुरुषतर्फ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा
काठमाडौँ : २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा मिश्रित खालक रह्यो । एक वर्षको अवधिमा नेपालको सहभागिता विश्वस्तरीयदेखि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेख्य रुपमा भएको थियो । यस क्रममा केही अन्तरराष्ट्रिय पदक भित्र्याउन नेपाली खेलाडी सफल भए । मुलुकभित्र आयोजित विविध खेलकुद प्रतियोगिताले खेलकुद…
पुरा पढ्नुहोस -
खेलकुद
पाँचौ शुक्लागण्डकी महोत्सव : अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई
दमौली : शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । पाँचौ शुक्लागण्डकी महोत्सवअन्तर्गत मङ्गलबार भएको खेलमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो । प्रतियोगितामा बौदीकालीले अर्जुनचौपारीलाई ३–२ सेटले पराजित गरेको हो । अर्जुनचौपारी गाउँपालिकाले स्याङ्जाकै पुतलीबजार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
पाँचौँ शुक्लागण्डकी महोत्सव : अन्तरपालिका स्तरीय भलिबलको फाइनलमा बौद्धिकाली र अर्जुनचौपारी भिड्ने
दुलेगौंडा : पाँचौँ शुक्लागण्डकी महोत्सव अन्तर्गत आयोजित अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा बौद्धिकाली र अर्जुनचौपारी भिड्ने भएका छन्। सोमवार सम्पन्न सेमिफाइनल खेलमा अर्जुनचौपारी गाउँपालिका ले पुतलीबजार नगरपालिका लाई ३–२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। यस्तै, बौद्धिकाली गाउँपालिका ले शुक्लागण्डकी नगरपालिका ‘ए’…
पुरा पढ्नुहोस -
खेलकुद
४५ वर्षमाथिका महिलाहरु बीच मिनी म्याराथन, भादगाउँकी भगवती प्रथम
दमौली : ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँमा ४५ वर्षमाथिका महिलाहरूको मिनी म्याराथन दौड प्रतियोगिता गरिएको छ। व्यास नगरपालिका–१ स्थित विज्ञानचौर योग साधना केन्द्र, विज्ञानचौर टोल विकास संस्था र विज्ञानचौर आमा समूहको संयुक्त आयोजनामा आइतबार प्रतियोगिता गरिएको हो। व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस अगाडिबाट…
पुरा पढ्नुहोस -
खेलकुद
तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
दमौली : तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू यसतर्फ आकर्षित भएका हुन् । नियमित रूपमा बिहानदेखि रातिसम्म फुर्सदको समयमा आफूलाई स्वस्थ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
देवघाटमा डुंगा दौड प्रतियोगिता, र्याफ्टिङतर्फ नौ टोली र काठे डुंगातर्फ १३ टोलीको सहभागिता
देवघाट : तनहुँको देवघाट स्थित त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा शुक्रबार डुंगा दौड प्रतियोगिता गरिएको । देवघाट बोटे संरक्षण समाजले आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पछिल्लो समय काठका डुंगा लोप हुँदै गएको उल्लेख गर्दै त्यसको संरक्षणका लागि बोटे समाजले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
काठमाडौँ : बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित…
पुरा पढ्नुहोस -
खेलकुद
बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार
दमौली : भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो । खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ…
पुरा पढ्नुहोस