भानुमा शारीरिक अपाङ्गता पहिचान तथा स्वस्थ्य परीक्षण शिबिर

भानु : तनहुँको भानु नगरपालिकामा शारीरिक अपाङ्गता पहिचान तथा स्वस्थ्य परीक्षण शिबिर सञ्चालन गरिने भएको छ । विकलाङ्गमित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपाको आयोजना तथा भानु, ब्यास लगाएत तनहुँका विभिन्न स्थानीय तह र विभिन्न संघ संस्था र स्वास्थ्य कार्यालय तनहुँको सहयोग र समन्वयमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।
यही भदौ २७ गते विहिबारका दिन भानु–२ को आधारभूत स्वास्थ्य सेवा केन्द्र नारेश्वरटारमा सञ्चालन गरिने शिविरमा १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचान र स्वस्थ्य तथा पुनःस्थापन गरिने बताइएको छ ।
जन्मजात खुट्टाको पैतला भित्र पर्केको, आगोले पोलेर अँगहरु एक आपसमा टाँसिएको, भाँचिएर बाँगो भएको, हड्डी नजोडिएको, खुट्टा लुलो कामजोर भएको, ढाड बाँगो वा कुप्रो भएको, जोर्नीहरु र घोँडाको पाँग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आईरहने, हड्डीमा टि.बी. रोग लागेको, औलाहरु एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृतिम अंगको आवश्यकता भएका बिरामीहरुको घुम्ती शिबिर मार्फत परीक्षण गरिने आयोजकले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker