चुरे संरक्षण दिवसको अवसरमा तनहुँको देवघाटमा वृक्षारोपण

आशिक राना/देवघाट

चुरे संरक्षण दिवसका अवसरमा तनहुँको देवघाटमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । गाउँपालिकाको सिटी हल परिसरमा म्याङ्गो स्टिक, कपुर, अमला, श्रीखण्ड, रक्तचन्दन, अशोक, तेजपत्ता, अम्बा, धुपी, कटहर, बेल लगायत गरी करिब दुइ सय बिरूवाहरू वृक्षारोपण गरी चुरे संरक्षण दिवस मनाइएको छ ।

वृक्षारोपण कार्यक्रम शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताए । चुरे क्षेत्रको संरक्षणका लागि सबै क्षेत्रबाट हातेमालो गर्नुपर्ने बताउँदै अध्यक्ष थापाले वातावरण संरक्षणका लागि वृक्षारोपण कार्य महत्वपूर्ण रहेको र देवघाट क्षेत्रमा लियो क्लव अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक विरुवा रोप्न लागेको जानकारी गराए ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गरे । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटीका अध्यक्ष केशव न्यौपानेले चुरेले माया गरेर बचाउ भनि रहेको बेला हामी त्यसको अतिक्रमणमा लागेको भन्दै अतिक्रमण रोक्न हामी सबै लाग्नु पर्ने बताए । चुरे संरक्षणको लागि यस क्षेत्रमा बृक्षारोपण तथा वन संरक्षणको कार्य निकै महत्वपूर्ण भएकोले बृक्षारोपण गरिएको इलाका वन कार्यालयका प्रमुख सहायक वन अधिकृत नवराज घिमिरेले बताए ।

कार्यक्रममा देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डा. सुरेन्द्र श्रेष्ठ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछाने, देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त, लियो क्लव अफ चौतारी देवघाटका आत्मराम पाण्डे, टोल बिकास संस्थाका प्रतिनिधिहरु वृक्षारोपणमा सहभागि भएका थिए ।

महाभारत पर्वत श्रृंखलाको दक्षिणी सिमानाबाट तराइको उत्तरी सिमाना बिचको होंचो डाँडो र पर्वत श्रृंखलालाई चुरे क्षेत्र भनिन्छ । पुर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महभारत श्रृंखलाबाट बग्ने नदीहरु चुरे भई तराइ तर्फ बग्ने भएकाले यो क्षेत्रलाई संवेदनशिल मानिन्छ । चुरेको संरक्षणका लागि आर्थिक वर्ष २०६७/०६८ बाट राष्ट्रपती चुरे संरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker