कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट

दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि करोडौं रुपैयाँको बजेट छुट्याएको छ । जसअन्तर्गत प्रशासनिक पुँजीगत, कृषि प्रसार, प्रविधि प्रदर्शन, किसान क्षमता अभिवृद्धि, विद्यालय कृषि शिक्षा, प्रयोगशाला सञ्चालन, कृषि दिवस तथा प्रतियोगिता, स्थानीय तहमा कृषि शिविर, कृषक पाठशाला, उत्कृष्ट कृषक सम्मान लगायतका कार्यक्रम समावेश छन् ।

केन्द्रको चालु आर्थिक वर्षका लागि ल्यापटप खरिदका लागि १ लाख, फर्निचर खरिदका लागि २ लाख, वार्षिक विकास कार्यक्रम तथा प्रगति पुस्तिका प्रकाशन २० हजार, सूचना तथा प्राविधिक सन्देश प्रसारणका लागि १ लाख २० हजार रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, इन्जिनियरिङ्ग सेवा तथा परामर्शका लागि २ लाख १० हजार रुपैयाँ, कार्यालय परिसरमा बगैँचा व्यवस्थापनका लागि ५० हजार रुपैयाँ, कृषि सम्बन्धी समितिहरुको बैठकका लागि १ लाख रुपैयाँ, कृषि मेशिनरी तथा यान्त्रीकरण तालिमका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी गराए ।

उनका अनुसार विषादी सचेतना तथा कृषि बीमा गोष्ठीका लागि १ लाख २० हजार रुपैयाँ, उन्नत कृषि प्रविधि प्रदर्शनका ५ लाख रुपैयाँ, विद्यालय कृषि शिक्षा कार्यक्रमका लागि १ लाख रुपैयाँ, प्रयोगशाला सेवाका लागि ७५ हजार रुपैयाँ, कृषि दिवस तथा प्रतियोगिता सञ्चालनका लागि २ लाख रुपैयाँ, स्थानीय तहमा कृषि शिविर सञ्चालनका लागि ५ लाख रुपैयाँ, कृषक पाठशालाका लागि ५ लाख, उत्कृष्ट कृषकलाई पुरस्कारका लागि ७५ हजार रुपैयाँ गरी कुल ६ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको कार्यालय प्रमुख लामिछानेले जानकारी गराए ।

कृषि ज्ञान केन्द्रका अनुसार यी कार्यक्रमहरूले तनहुँका किसानलाई प्रविधिमैत्री बनाउन, अर्गानिक खेती प्रवद्र्धन गर्न, विषादी प्रयोगमा सचेतना फैलाउन, युवा र विद्यार्थीलाई कृषिप्रति आकर्षित गर्न र उत्कृष्ट कृषकलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ । कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा तनहुँमा आधुनिक कृषि प्रविधि विस्तार, उत्पादन वृद्धि, सुदृढीकरण र कृषकको जीवनस्तरमा प्रत्यक्ष सुधार हुने अपेक्षा गरिएको छ ।

कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्ष प्रदेश र संघबाट ७ करोड ७६ लाख २१ हजार बजेट प्राप्त गरेकोमा ५ करोड ८० लाख ६९ हजार रुपैयाँ खर्च गरी ७४ दशमलव ८१ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको देखाइएको छ ।

तनहुँको १ लाख ५४ हजार ६ सय हेक्टर क्षेत्रफल मध्ये ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस मध्ये ५१ हजार ५१० हेक्टर क्षेत्रफल जमिनमा खेती गरिएको छ भने १३ हजार ५५१ हेक्टर क्षेत्रफल जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्र तनहुँको तथ्याङ्कले देखाएको छ ।

यस्तै, तनहुँमा खेती गरिएको जमिन मध्ये १३ हजार ६०७ हेक्टर क्षेत्रफल सिंचित रहेको छ भने ६ हजार ३७१ हेक्टर क्षेत्रफल बाह्रै महिना सिंचित सुविधा रहेको छ। ७ हजार २३६ हेक्टर क्षेत्रफलमा मौसमी सिंचाई हुने गरेको छ भने ३७ हजार ९०३ हेक्टर क्षेत्रफल जमिन असिंचित रहेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लामा खेती गरिएको जमिन मध्ये २६ दशमलव ४२ प्रतिशत सिंचित रहेको छ भने ७३ दशमलव ५८ प्रतिशत जमिन असिंचित रहेको देखाइएको छ ।

कृषि ज्ञान केन्द्र तनहुँले यस वर्ष सञ्चालन गर्ने कार्यक्रम र बजेट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker