तनहुँको ऋषिङमा पहिरोको बितण्ड : पहिरोमा पुरिएर एकको मृत्यु, एक बेपत्त (फोटोफिचर सहित)

भञ्ज्याङ न्यूज

तनहुँमा बुधबार साँझादेखि अविरल झरी परिरहेको छ । झरीसंगै सानाठूलो खोला, खोल्सीमा आएको बाढी र पहिरोका कारण ठूलो क्षति पुर्‍याएको छ ।

अविरल झरीसंगै आएबो बाढीपहिरोले तनहुँको ऋषिङ गाउँपालिकामा ठूलोमात्रमा धनजनको क्षति पुर्‍याएको छ । झरीसंगै विहीबार बिहान आएको पहिरोमा परि वडा नं. ७ दधिवनमा एक महिलाको मृत्यु भएको छ । अन्दाजी ५२ वर्षीया देवीसरा थापाको पहिरोमा परेर मृत्यु भएको वडा सदस्य याम सारु मगरले जानकारी गराएका छन् ।

घरबाट भाग्ने क्रममा माथीबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको बताइएको छ । मृतकका श्रीमान भने भागेर ज्यान बचाउन सफल भएका छन् । घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा उनलाई पहिरोले पुरेको थियो । मृतकको शव निकाल्न सकिएको छैन । घट्ना स्थलतर्फप्रहरी जाँदै गएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।

यस्तै, पहिरोले पुरिएर आज बिहाननै ऋषिङ गाउँपालिका-८ स्थित माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको स्थानीय र प्रहरीहरुको टोलीले खोजी गरिरहेको तनहुँ प्रहरीले जनाएको छ । बिहान करिब ५:३० बजेको समयमा गोठमा गएका थापालाई माथिबाट पहिरो खस्दा पुरेर वेपत्ता बनाएको बताइएको छ ।

अविरल झरीसंगै आएको पहिरोले थापालेको गोठमा रहेका ३ वटा भैंसी पनि पुरिएकोमा एउटा भैंसीको उद्धार गरिएको छ । पहिराले ऋषिङ-३ को डढीवनमा तीन घर क्षत्रि्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्र आलेले जानकारी गराएका छन् ।

रेडक्रस उपशाखाका अनुसार ऋषिङ-५ राम्जाकोटमा एक घर क्षत्रि्रस्त र दुइ घर जोखिममा परेका छन् । ऋषिङ-६ मा दुइ घर केही गोठ पहिरोको जोखिममा परेका छन् । ऋषिङ-४ का वडा सदस्य टोलनाट थापाको घर र पद्मज्योति विद्यालय भवन पनि पहिरोका कारण जोखिममा परेको छ ।

झरीसंगै आएको बाढीपहिरोले गाउँपालिकाको सबै क्षेत्रमा सडक यातायात अवरुद्ध हुन पुगेको छ भने कृषकको खेतीबालीमा पनि ठूलो क्षति पुर्‍याएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker