स्वास्थ्य स्वयंसेविकालाई सम्मान

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस तथा २१औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अबसरमा तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रममा उत्कृष्ट स्वयंसेविकालाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष होमबहादुर थापा ।

गाउँपालिकाले २७ जना स्वयंसेविका मध्ये उत्कृष्ट ५ जना हुमा थापा, दुर्गा माया थापा, चन्द्रकला थापा, बसन्ती दर्जी र ज्योती थापालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेको थियो ।
व्यासमा ६० वर्ष उमेर नाघेका स्वयंसेविकालाई नगदसहित सम्मान

तनहुँको व्यास नगरपालिकाले विहीबार ‘विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने मूल नाराका साथ आयोजित २१औं राष्ट्रिय स्वयं सेविका दिवसका अवसरमा ६० वर्ष उमेर नाघेका स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद १५ हजार, करुवा, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।
यस्तै, दिवसका अवसरमा नगरपालिकाले १४ वटै वडाबाट १÷१ जना उत्कृष्ट महिला समूदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । तस्विर : भञ्ज्याङ










