छात्राहरुको साँस्कृतिक नृत्य

तनहुँको भिमाद नगरपालिकामा आयोजित नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा आठौँ मेयर कप प्रतियोगिता–२०८१ का अवसरमा साँस्कृतिक नृत्य प्रस्तुत गर्दै छात्राहरु । “खेलकुद अनुशासन र राष्ट्रभक्ति : समृद्ध भिमादका लागि स्वास्थ्य जनशक्ति” भन्ने मुल नाराका साथ भिमाद नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितमा ८ स्वर्ण, ६ रजत र १ कास्य पदक हात पार्दै जनज्योति मावि भिमाद–६ रनिङ शिल्ड जिन्त सफल भएको छ । प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ कास्य सहित अरूणोदय माध्यमिक विद्यालय भिमाद–२ द्वितीय भएको छ भने ३ स्वर्ण, १ रजत र ३ कास्य सहित बाल शैक्षणिक मावि भिमाद–३ तृतीय हुन सफल भएको छ । तस्विर : भञ्ज्याङ










