आँखा उपचार शिविर

तनहुँको भानु नगरपालिका-१३ चन्द्रावतीमा शनिबार सञ्चालन गरिएको आँखा उपचार शिविरमा आँखा परीक्षण पश्चात चस्मा वितरण गरिदै । सपोर्ट एण्ड कियर, भरतपुर आँखा अस्पताल र भानु नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा १५० जना महिला र १५१ जना पुरुष गरी ३०१ जना सेवाग्राहीको आँखा उपचार गरी चस्मा र औषधी वितरण गरिएको स्थानीय देशबन्धु खड्काले जानकारी गराए ।

तस्विर : भञ्ज्याङ










