सार्वजनिक यातायातमा मास्क अनिवार्य

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो ।

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रु तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारबाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार आजको छलफलमा सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णयसमेत भएको छ ।

सार्वजनिक यातायातमा भौतिक दूरीलाई व्यवस्थित गर्ने, बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था मिलाउने, अनुगमनलाई प्रभावकारी बनाउनेलगायतका निर्णय भएको बताइएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालयले सोको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker