परम्परागत पेशा

तनहुँको व्यास नगरपालिका–५, पाटनकी भारती थापा परम्परागत पेशाको मौलिक पहिचान जोगाउने उद्देश्यले तानमा कपडा बुन्दै । मगर समुदायका पुरुषले लगाउने कछाड तथा महिलाले भिर्ने विभिन्न परम्परागत कपडा भारतीले आफ्नै हातले बुन्ने गर्छिन । आधुनिक मेसिनबाट उत्पादन हुने कपडाको प्रयोग बढिरहेका बेला हातले बुनेका यस्ता मौलिक पहिरन तयार गर्नु उनका लागि केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाले छाडेर गएको सीप र संस्कृतिको संरक्षण भएको बताउँछिन् ।
पाँच दिनमा एउटा कछाड तयार गर्ने भारतीले मेहनत, समय र सीप खर्चिएर तयार गरिएको कछाड करिब चार हजारदेखि छ हजार रुपैयाँसम्म बिक्री गर्ने गर्छिन ।

घरायसी कामबाट बचेको समयलाई सीप र सिर्जनशीलतामा लगाउँदै उनले आफ्नो मेहनतलाई आम्दानीसँग जोडेकी छन् । उनको यो पेशाले मगर समुदायको इतिहास, संस्कृति र पहिचानलाई समेत संरक्षण गर्दै आएको छ । तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ










