प्रदुषित बन्दै चुँदी खोला

तनहुँको बन्दिपुर गाउँपालिकाको डुम्रे बजार र भानु नगरपालिका जोड्ने चुँदीखोला माथिको पुल क्षेत्रमा फालिएको प्लाष्टिकजन्य फोहोरमैला । डुम्रे बजार क्षेत्रका अधिकांश मानिसहरुले नुहाने, कपडा धुने तथा पशुचौपायलाई यही खोलाको पानी खुवाउने गरिएपनि मानिसकै कारण प्रदुषित बन्दै गएको छ । बजार क्षेत्रको फोहोरमैला सिधै खोलामा फाल्ने प्रवृत्ति नारोकिदा चुँदी खोला प्रदुषित बन्नुका साथै अतिक्रमणको चपेटामा समेत परेको छ । तनहुँ, हुँदै लमजुङ, गोरखा, मनाङ जिल्ला जाने मुख्य नाकाका रुपमा प्रयोग हुँदै आएको चुँदीखोला पुल क्षेत्रमा गरिएको फोहोरमैलालाई बन्दिपुर गाउँपालिका र भानु नगरपालिकाले व्यवस्थापन गर्न ध्यान दिएका छैनन् । तस्विर : भञ्ज्याङ










