तनहुँका चार क्याम्पसमा स्ववियु निर्वाचन : दमौली स्थित आदिकविमा नाराबाजीका बीच मतदान सुरु

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत तनहुँका चार क्याम्पसमा आज मतदान भइरहेको छ । चार वटा क्याम्पस मध्ये तीन वटामा शान्तिपूर्णमा मतदान कार्य भइरहेको छ भने दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा पनि नाराबाजीका बीच बिहान ९ बजेबाट मतदान कार्य अगाडि बढाइएको छ ।

व्यास नगरपालिका–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पस, शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित भानुभक्त क्याम्पस र भिमाद नगरपालिका भिमादस्थित जनज्योति क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका संगठनले निर्वाचन बहिष्कार गरेका छन् । अनेरास्ववियुले निर्वाचन प्रकृयामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

चार विद्यार्थी संगठनको नाराबाजीका बीच पनि आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु गरिएपछि चार विद्यार्थी संगठनले नाराबाजी गरिरकेका छन् ।

क्याम्पस प्रशासनले प्रहरी बल प्रयोग गरी एकलौटी ढंगले पेलेरै बिहान ९ बजेदेखि मतदान सुरु गरेपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल समाजवादी लगायतका चार विद्यार्थी संगठनले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker