शुक्लागण्डकीको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चमुनिले जित्यो
तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित नगरस्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हातपार्न सफल भएको छ ।
पञ्चमुनिदेवले १२ स्वर्ण, ७ रजत र २ कास्य पदक सहित रनिङ शिल्डको उपाधि हात पारेको हो ।
प्रतियोगितामा तालवेसी माध्यमिक विद्यालयले द्धितीय स्थान हासिल गरेको छ । तालवेसीले प्रतियोगिता अवधिभर ४ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्न सफल भएको छ ।
यस्तै, खैरेनी माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत, ४ कास्य पदक सहित तृत्तीय भएको छ । आयोजक विद्यालय नेपाल पुलिस स्कुलले ३ स्वर्ण, १ रजत र ३ कास्य पदक सहित सान्त्वना स्थान प्राप्त गरेको छ ।
पाँचौं राष्ट्रपति रनिङ शिल्डमा तृतीय हुन सफल खैरेनी मावि प्रतियोगितामा जनप्रेमी माध्यमिक विद्यालयले ३ स्वर्ण, १ रजत, २ कास्य, अरनिको माध्यमिक विद्यालय (खैरेनी)ले २ स्वर्ण, ४ रजत, ३ कास्य, आधारभूत माध्यमिक विद्यालयले २ स्वर्ण र १ रजत पदक, गाफा माध्यमिक विद्यालयले १ स्वर्ण, ३ रजत, ३ कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै, ज्ञानबगैचा स्कुलले १ स्वर्ण र २ कास्य पदक, हंशवाहिनी माध्यमिक विद्यालयले १/१ रजत र कास्य पदक, बालविद्या मन्दिर मावि र सरस्वती नमुन माध्यमिक विद्यालयले १/१ रजत पदक हासिल गरेको छ भने कञ्चनजंघा, जनकल्याण र माउन्ट अन्नपूर्ण विद्यालयले १/१ कास्य पदक जित्न सफल भएका छन् ।
पञ्चमुनीदेवले यो सहित तीन पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको छ । पञ्चमुनिले पहिलो, तेस्रो र पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ ।
यसैगरी दोस्रो राष्ट्रपति रनिङ शिल्डमा हंशवाहिनी माध्यमिक विद्यालयले र चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि तालवेसी माध्यमिक विद्यालयले जितेका थिए ।