प्रतिनिधिसभा सदस्य निर्वाचन : तनहुँमा लगानीमैत्री वातावरण निर्माणमा लाग्ने कांग्रेस उम्मेदवार भट्टराईको प्रतिबद्धता

दमौली : व्यवसायी तथा उद्यमीहरूलाई साथ दिने प्रतिबद्धतासहित तनहुँ–१ मा नेपाली कांग्रेस का उम्मेदवार गोविन्द भट्टराईले तनहुँमा लगानीमैत्री वातावरण निर्माणका लागि सक्रिय रहने बताएका छन् । उनले व्यवसाय गरिरहेका व्यक्तिहरूको लगानी सुरक्षा, नीतिगत सुधार तथा व्यावसायिक अभ्यासलाई सहज बनाउनेतर्फ आफू निरन्तर लागिरहने उल्लेख गरेका छन् ।
भट्टराईका अनुसार राज्यका विद्यमान नीतिहरूलाई समयसापेक्ष परिमार्जन गर्दै उद्यमशीलता प्रवर्द्धन गर्न आवश्यक छ । “तनहुँलाई देश तथा विदेशबाट लगानी आकर्षित गर्ने उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ”, उनले भने, “त्यसका लागि स्पष्ट नीति, पारदर्शी प्रक्रिया र व्यवसायीमैत्री वातावरण अनिवार्य छ ।”
उनले स्थानीय उद्यमीहरूको समस्या समाधान, उद्योग–व्यवसाय विस्तार तथा रोजगारी सिर्जनामा जोड दिँदै तनहुँको आर्थिक विकासलाई प्राथमिकतामा राख्ने बताए । साथै व्यवसायीहरूको सुझाव र सहकार्यलाई महत्व दिँदै अघि बढ्ने उनको भनाइ छ । भट्टराईले आफूलाई “तनहुँको भरोसायोग्य साथी” का रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साथ र समर्थनको अपेक्षा पनि व्यक्त गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker