शिक्षक आन्दोलनमा पुनःफर्किने वाचाका साथ गाउँ फर्किएका घले बाटोमै अस्ताए

सविन लामिछाने

दमौली : मनाङ जिल्लाको नासौं गाउँपालिका वडा नं. ८ ताचैंमनाङको जन विकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घले शिक्षण पेशामा लागेको ३४ वर्ष भयो । ५६ वर्षीय घले विं सं. २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरे ।

उनि वि.सं. २०५० सालमा स्थायी भए । घलेको जन्म र बाल्यकाल मनाङको नासौं गाउँमै बित्यो । भौगोलिक रूपले दुर्गम भएकाले यस क्षेत्रका धेरै युवा रोजगारीको खोजीमा विदेश पलायन हुने गर्छन् । तर घलेले आफ्नै गाउँमा बसेर शिक्षक बन्ने निर्णय गरे ।

वि.सं. २०४८ मा उनले शिक्षण पेशामा प्रवेश गरे र २०५० मा स्थायी शिक्षक बने । सँगैका साथीभाई रोजगारीको लागि विदेशीए पनि उनले आफ्नै गाउँमा रहेको प्रकाश ज्योति माध्यमिक विद्यालयबाट सामाजिक विषयमा प्लस टु गरे । उनले सामाजिक विषयमा उच्च शिक्षा हासिल गरेका थिए, तर विद्यालयमा सामाजिक सँगै अंग्रेजी पढाउने गरेकाले गाउँलेहरूले उनलाई “अंग्रेजी प्रिन्सिपल” भनेर चिन्थे । उनि जन विकास आधारभूत विद्यालयको प्र.अ. भएको ५ वर्ष भयो ।

जब नेपाल शिक्षक महासंघले अविलम्ब शिक्षा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु ग¥यो, घले पनि पछाडि रहेनन् । गत चैत २० गतेदेखि सुरु भएको आन्दोलनमा उनी नियमित सहभागी थिए । उनी ४–५ दिनमा काठमाडौं जाने, आन्दोलनमा सहभागी हुने र अन्य शिक्षकहरूलाई पालो दिन गाउँ फर्कने गर्थे ।

आईतबार उनि शिक्षक आन्दोलनबाट गाउँ फर्कदै गर्द उनि सवार माईक्रो बस दुर्घटनामा पर्दा उनको मुत्यु भएको छ । डुम्रे–बेंसीसहर सडकमा उनि सवार माइक्रो बा २ ख ४०२२ विपरित दिशाबाट आएको स्कुटर ग २६ प ४०५८ सँग ठक्कर खाँदा घले र स्कुटरमा सवार ३२ वर्षीया अनिता थापा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

घलेको लमजुङ स्थित नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा र स्कुटरमा सवार महिलाको प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक थापाले बताए । लामो समयदेखि शिक्षण पेशामा लागेका घलेको जागिरबाट रिटायर हुने समय रहेको नासौं गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष याद घलेले जानकारी दिए । उनले भने, “सँगैका साथीभाई विदेशीए, गाउँमै बसौं, गाउँमै पढाउ भन्दै शिक्षण पेसामा लागेका उनि अधिकारको लडाई लडेर फर्कदै गर्दा निधन भयो । उहाँ अब दुई तीन वर्ष पछि रिर्टाएर हुदैहुनुथ्यो ।”

उनका अनुसार घलेको परिवारमा ८ जना सदस्य रहेका छन् । घरको मुख्य मान्छे नै मन रहेको वडाध्यक्ष घलेले बताए । घले शिक्षक आन्दोलनको क्रममा यस अघि पनि एक पटक घर फर्केर फेरी आन्दोलनमा सहभागि फर्किने क्रममा दुर्घटनामा परेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति मनाङका अध्यक्ष शेरजंग गुरुङले जानकारी दिए । उनले भने, “अन्य शिक्षकहरुलाई आन्दोलनमा पालो दिन, उहाँ गाँउ फर्किनु भएको थियो, एक हप्ता पछि फेरी आन्दोलनमा सहभागि हुन आउने भन्दै गाउँ फर्किनु भयो, तर अब कहिले नआउने गरी जानु भयो ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker