गण्डकी प्रदेशको मुख्य नाका आँबुखैरेनीको बेनीटारमा लापसे परीक्षण

दमौली : गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनीमा मंगलबारदेखि लागुपदार्थ सेवन (लापसे) परीक्षण सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आँबुखैरेनी–४ बेनीटारमा लापसे परीक्षण सुरु गरेको हो ।
आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी अस्पतालको सहयोगमा लापसे परीक्षण सुरु गरिएको इप्रका आँबुखैरेनीका प्रहरी निरीषक टेकप्रसाद सुवेदीले जानकारी दिए । प्रदेश भित्रिने सवारी साधनका चालकले लागुपदार्थ सेवन गरे नगरेको परीक्षणका लागि यो अभियान सुरु गरिएको उनले बताए । यो अभियानले सवारी दुर्घटना न्यूनीकरणका लागि सघाउने उनको भनाइ छ ।
लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुन सक्ने र ज्यानै जाने गरेका छन्, यसलाई नियन्त्रणका लागि यो अभियान प्रभावकारी बनाउनका लागि इप्रका आँवुखैरेनीले लापसे परीक्षण सुरु गरेको हो ।
लापसे परीक्षण शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित लापसे परीक्षण सुरु गरिएको हुँदा यस कार्यका लागि सबैलाई सहयोग सहकार्य गर्न आग्रह गरे ।
यस्तै, आँबुखैरेनी गाउँपालिका–४ बेनिटार स्थित पृथ्वी राजमार्गबाट लागुऔषध सहित मंगलबार तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पश्चिम पाल्हिनन्दन गाउँपालिका–१ बस्ने १९ वर्षीय अखिलेश कुमार यादव, सोही गाउँपालिकाको वडा नं. २ बस्ने २२ वर्षीय शिव पत्तरकट र नवलपरासी बर्दघाट सुस्ता पश्रुचिम सरावल गाउँपालिका–२ बस्ने १९ वर्षीय सन्दिप चौहान रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रहरीले निजहकरुको साथबाट दुई सय थान डाइजेपाम, दुई सय थान फेनरागन र दुई सय थान नुफिन बरामद गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker