ज्येष्ठ नागरिकलाई लक्षित गरी दमौलीमा निःशुल्क आँखा शिविर सञ्चालन

तनहुँको व्यास नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत नगरपालिकाले ६० बर्षउमेर माथिका ज्येष्ठ नागरिकलाई सहज रुपमा आँखाको उपचार सेवा प्रदान गर्न उक्त शिविर सञ्चालन गरेको हो।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले फागुन १२ देखि १४ गतेसम्म नगरपालिकाका १४ वटै वडाका ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्ने गरी उक्त शिविर सञ्चालन गरेको छ ।

शिविरको शुभारम्भ गर्दै नगरप्रमख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले रचनात्मक काम गर्ने प्रयास गरेको हुँदा यसको लाभ लिन आग्रह गरे ।

त्यस्तै, नगर उपप्रमुख मीरा जोशीले नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानमा उनिहरूलेनै लाभ पाउने गरी शिविर आयोजना गरिएको जानकारी गराइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जनस्वास्थ्यका क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको र त्यस माथि पनि लक्षित समुदाय, ज्येष्ठ नागरिकलाई परिवार, समाज राष्ट्र सबैले विशेष रूपमा हेर्नुपर्ने र सोहीअनुरूप सम्मानपूर्ण व्यवहार गर्नुपर्ने बताएका थिए ।

व्यास-२ स्थित बालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको शिविरमा नगरपालिकाका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई उपचार सेवा लिन सहज हुने गरी व्यवस्थापन गरिएको नगरपालिकाका शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्र रेग्मीले बताए ।

नगर कार्यपालिका सदस्य तमबहादुर दरैको अध्यक्षतामा आयोजित शिविर शुभारम्भ कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष काशीराम श्रेष्ठ लगायतले नगरपालिकाले विकासलाई मात्र नभएर लक्षित समुदायका समस्या र चुनौतिसँग एकाकार गर्दै शिक्षा, स्वास्थ्य र सकारात्मक सामाजिक रूपान्तरणका कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए ।

शिविरको पहिलो दिन १६२ जना ज्येष्ठ नागरिको परीक्षण गरिएको थियो । यी मध्ये १३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker