निजी आवास पुनःनिर्माणका लागि एक करोड अनुदान, पाँच करोड राजश्व सङ्कलन

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले विपद् प्रभावित निजी आवास पुनःनिर्माण र पुनस्थापनाका लागि रु एक करोड अनुदान रकम वितरण गरेको छ ।

कार्यालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाभग्राहीलाई सो रकम वितरण गरेको हो ।

पहिलो, दोस्रो र तेस्रो किस्ता गरी उक्त रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिनुभयो । मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माणअन्तर्गत लाभग्राहीहरूका घरहरू अनुगमन गरी अनुदान रकम वितरण गरिएको भण्डारीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयबाट रु ४४ लाख ५० हजार र विपद् पुनःनिर्माण र पुनःस्थापना मार्फत् रु ६५ लाख ५० हजार स्थानीय विपद् कोषमा निकासा गरिएको भण्डारीले जानकारी दिनुभयो ।

पाँच करोड राजश्व सङ्कलन

कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु पाँच करोड ८८ लाख २२ हजार छ सय ७७ राजश्व सङ्कलन गरेको छ । संस्था दर्ताबाट रु १६ लाख ६६ हजार छ सय, हातहतियार नवीकरणबाट रु पाँच लाख ५६ हजार आठ सय ७५, राहदानीबाट रु पाँच करोड ५४ लाख ३७ हजार पाँच सय, न्यायिक दण्ड जरिवानाबाट रु दश लाख ९६ हजार तीन सय ४२, प्रशासनिक दण्ड जरिवानाबाट रु १५ हजार, अन्य प्रशासनिक सेवा शुल्कबाट रु पाँच हजार, सरकार सम्पत्तिको वहालको आयबाट रु ३३ हजार नौ सय ६० राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker