सूर्य नेपालद्वारा जिपीलाई शववाहन हस्तान्तरण

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी-७ शेराटारमा रहेको बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रालिले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रलाई शव वहान उपलब्ध गराएको छ । जिल्लामा शव वाहन नहुँदा शव व्यवस्थापनमा समास्या हुँदै जिल्लावासीले ठूलो रकम खर्च गरी व्यवस्थापन गर्नुपर्ने अवस्था थियो ।

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाका दश वटै स्थानीय तहले प्रयोग गर्ने गरी शव वाहन उपलब्ध गराएको कम्पनीका कर्मचारी अञ्जान दुवाडीले जानकारी दिए । सोमवार एक कार्यक्रमका बीच जिल्ला कोभिड व्यवस्थापन केन्द्र तनहुँका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई कारखाना व्यवस्थापक बाबुराम कार्कीले शव वाहनको चाबी हस्तान्तरण गरेका थिए । लगत्तै अस्पतालका बोर्ड सदस्य समेत रहेका प्रजिअे आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई चाबी हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामै शव वाहन नहुँदा कोभिड-१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या भएपछि सुर्य नेपालसँग सहयोग माग गरिए अनुसार अहिले शववाहन उपलब्ध भएको बताए । उनले सहयोगका लागि कम्पनी व्यवस्थापन पक्षलाई धन्यवाद दिए ।

त्यस्तै, अस्पतालका बोर्ड सदस्य आचार्यले सबैको साथ र सहयोगले जिपीको स्तरोन्नति भइरहेको उल्लेख गर्दै अस्पतालको थप विकासमा सबैको साथ सहयोग आवश्यक रहेको बताए । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको कारखाना व्यवस्थापक कार्कीले बताए । सूर्य नेपालले यसै बर्ष तनहुँ स्थित स्थानीय निकायको कोभिड-१९ प्रकोप व्यवस्थापन कोषमा रु ५० लाख सहयोग गरेको थियो भने गतवर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको कोभिड-१९ प्रकोप व्यवस्थापन कोषमा रु. दश लाख तथा सात वटै प्रदेशमा रु. एक/एक करोड प्रदान गरेको थियो ।

कम्पनिले गत आबमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई १/१ थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड-१९ को रोकथाम तथा उपचारको लागि यस क्षेत्रका बिभिन्न अस्पतालहरु तथा स्थानियबासीहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरी कोभिड-१९ को महामारी बिरुद्ध लड्न सहयोग गर्दै आएको जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker