राष्ट्रिय सभा सदस्य न्यौपाने सामान्य प्रशासन मन्त्रीमा नियुक्त

काठमाडौं : राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

घुस डिलको अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएपछि न्यौपानेलाई नियुक्त गरिएको हो ।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तनहुँ भानु नगरपालिका–८ निवासी न्यौपानेको राष्ट्रिय सभामा फागुनसम्म कार्यकाल रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker