व्यासबाट रास्वपाको ‘हामी आउँदैछौं’ अभियान

दमौली : तनहुँको व्यास नगरपालिकाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी आउँदैछौँ’ अभियान सुरु गरेको छ । बिहीबार व्यासमा आयोजित कार्यक्रममार्फत अभियानको औपचारिक सुरुवात गरिएको हो ।

अभियानको सुरुवात कार्यक्रममा रास्वपा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, सांसदद्वय बिना गुरुङ र झवीप्रसाद डुम्रे तथा प्रदेश महामन्त्री कृष्णप्रसाद लम्साल सहभागी थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकको उपस्थिति रहेको थियो ।

व्यासबाट अभियान सुरु गरेसँगै रास्वपाले तनहुँमा संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने संकेत गरेको छ । अभियानमार्फत स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद र पार्टीका गतिविधिलाई जनस्तरसम्म पु¥याउने तयारी रहेको पार्टीले जनाएको छ ।

तनहुँमा यसअघि पनि विभिन्न राजनीतिक गतिविधि गर्दै आएको रास्वपाले नयाँ अभियानलाई संगठनात्मक सक्रियता बढाउने अवसरका रूपमा लिएको छ ।

अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा आगामी दिनमा कार्यक्रम तथा जनसम्पर्कका गतिविधि सञ्चालन हुने बताइएको छ । यद्यपि, अभियानको आगामी कार्यक्रम, कार्यतालिका र यसको विस्तृत उद्देश्यबारे भने पार्टीले थप जानकारी सार्वजनिक गरेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker