शुक्लागण्डकी नगरपालिकाको रु १ अर्ब २८ करोड २८ लाख बजेट पारित

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ । १७औं नगर सभाले १ अर्ब २८ करोड २८ लाख ८९ हजार ९९७ रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।

नगरपालिकाले आम्दानीतर्फ संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १४ करोड ४८ लाख, राजस्व बाँडफाँड ११ करोड ९२ लाख ६७ हजार २९, शसर्त अनुदान ६३ करोड ५० लाख, गण्डकी प्रदेशबाट प्राप्त समानीकरण अनुदान १ करोड ९४ लाख २९ हजार आम्दानी हुने अनुमान गरेको छ ।

राजस्व बाँडफाँट अन्तर्गत १ करोड ६१ लख १० हजार, गण्डकी प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख, घरजग्गा रजिष्ट्रेशन शुल्क १ करोड ५० लाख, संघीय सरकार समपूरक अनुदान २ करोड १८ लाख, गण्डकी प्रदेशबाट विशेष अनुदान ४० लाख, शशर्त अनुदान २ लाख र जनसहभागिता १ करोड ५० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले पूर्वाधार विकासतर्फ सडकमा मात्रै ७ करोड १२ लाख रुपैयाँ छुट्याएको छ । सिंचाईमा ७५ लाख रुपैयाँ, खानेपानीमा १ करोड २८ लाख रुपैयाँ, कृषि विकासमा १ करोड ३७ लाख ३० हजार रुपैयाँ, पर्यटन तथा सहकारीका लागि १९ लाख ५ हजार रुपैयाँ, पशु विकासमा ३६ लाख ५१ हजार रुपैयाँ, वन वातावरण तथा विपद् समितितर्फ १ करोड ६२ लाख ८७ हजार ८०१ रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी शिक्षातर्फ ४ करोड ३७ लाख ४५ हजार, लक्षित वर्गका लागि १ करोड ७७ लाख ९८ हजार २९७ रुपैयाँ, स्वास्थ्यमा १ करोड ६ लाख ६० हजार रुपैयाँ, आयुर्वेदमा ५ लाख ३० हजार ९४५ रुपैयाँ, युवा तथा खेलकुदमा २५ लाख १८ हजार २४३ रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले सुशासनका लागि ९५ लाख ५० हजार रुपैयाँ र कर्मचारीको तलब सुविधामा १५ करोड ८१ लख ६१ हजार २६७ रुपैयाँ छुट्याइएको छ । १२ वटा वडाका योजनाका लागि ९ करोड २८ लाख ७८ हजार १५ रुपैयाँ विनियोजन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker