आज देखि नयाँ बजेट कार्यान्वयनमा

आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएसँगै सरकारले ल्याएको बजेट कार्यान्वयन पनि सुरु भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत लिएका नयाँ नीति र नयाँ कार्यक्रमहरू आजैबाट कार्यान्वयनमा जाने भएका हुन् ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संवैधानिक व्यवस्था बमोजिम गत जेठ १५ गते २०८२/८३ का लागि बजेट ल्याएका थिए । उक्त बजेट दुवै संसदबाट पारित भइसकेको छ । तर नयाँ आर्थिक वर्षअघि नै बजेट कार्यान्वयनको लागि पारित भए पनि नयाँ आर्थिक वर्ष आजबाट सुरु भएसँगै उक्त बजेट कार्यान्वयनमा गएको हो ।

अर्थ मन्त्रालयले बुधवार नै नयाँ आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनका लागि बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । आज बाट सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरी सकेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना सहित बजेट ल्याएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षमा सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोरिने लक्ष्य लिएको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने लक्ष्य राखेको छ । सरकारले लिएका यी सबै लक्ष्य आजदेखि नै कार्यान्वयनको चरणमा गएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker