लघुकथा : अनिकाल
सुरेशकुमार पाण्डे

आज त हामी पाहुन पर्न आयौँ ।
पिमलाल दम्पती योगेसको घरमा प्रवेश गर्दै भने ।
नमस्ते हजुर स्वागत छ । योगेसले भन्यो । र आफ्नै काममा जुट्यो । उनीहरू उभिईरहेका थिए त्यो देखेर नजिकै पहिल्यैदेखि बसेका व्यक्ति मनमनै मुस्कुराए। सर बस्नुहोस् सम्भावित् उनीपनि पाहुना नै थिए ।
हजुरलाई कहिल्यै देखेको जस्तो लाग्दैन मैले परिचय पाउँन ! पिमलालले नजिकै बस्दै भने ।
सर ! मपनि हजुर जस्तै पाहुना हुँ आजै आएको राजधानीबाट, गकुल मेरो नाम हो । गकुलले आफ्नो परिचय दिंदै भन्यो ।
आज छुट्टीको दिन योगेशलाई बिसंचो भयो भन्ने सुनेपछि हालचाल सोध्न पिमलालका दुबैजना आएकथिए । त्यहाँ आज कुनै खास पर्व भए जस्तो लाग्दथ्यो । अन्य परिकारहरू सहित मासुभात पाक्दै थियो ।
पिमलाललाई यहाँ बस्न अलि अप्ठारो लागिरहेको थियो । विन बोलाएको पाहुना बनेर आएको मा ऊ भित्रभित्रै दुखि थियो ।
लिनोहोस चीया ! योगेसकी छोरीले चिया ट्रे मा लिएर आई र भनि ।
चीया पिउंदै एकछिन गकुलसंग गफ गरे। राम्रो ठट्टा गर्ने हसिलो व्यक्ति रहिछ ऊ । पिमलालले आफ्नी स्वासनीसंग इसारा ग¥यो र अब खाना खान घर मै जाने मन बनायो ।
योगेशका सबै परिवार आफ्नै काममा व्यस्थ थिए उनिहरूसंग एकछिन हालचाल सोध्ने समय पनि थिएन वा उनिहरूले चाहेनन् । योगेशज्यू हस् हामी कतै जानु छ । हजुर विमार भएको सुनेर भेट हुन मात्र आएका हौं । हजुरलाई सञ्चै देखेर खुसिलाग्यो । पिमलालले यत्ती कुरा राखेर बिदा लिन खोज्यो ।
हिंड्नु हुन्छ हस्, यत्यी भन्यो र ऊ पुनःकाममै लाग्यो ।
कस्तो अनिकाल नै परेको हो । शब्दको पनि पिमलालकी स्वास्नीले बाहिर निसकिदै गर्दा पिमलालसंग सुस्तरी भनी ।
दाङ, घोराई–१८










