लघुकथा : स्मरण
सुरेशकुमार पाण्डे

बाबु अगाडी हेरेर हिंड अप्ठारो छ ! – आमाको जस्तै
अचानक आएको आवाजले म झसङ्ग भएँ ! यताउता हेर्दा पनि कसैलाई देखिन ।
दिउसो तीन बजेको थियो पुषको महिना भएपनि घाम राम्रै थियो। म एकछिन उभिंए यता उता हेरें र उपल्लो पाटोमा पुँग्यौँ। म र मेरो जीवन साथि सँगै थियौँ।
म बाँस भएको तर्फ लाग्नै थालेको थिए ” बाबु !” फेरी उस्तै आवाज झै महसूस भयो ।
हामि दुईजना बाहेक आर्को कुनै ब्यक्ती टाडासम्म पनि थिएन। पहिले हामी बसेको घरको नामोनीशान पनि छैन। जमीन बाँजै छ भाताभुङ्गै छ।
त्यहां एउटा गोठे घर बाले बनाउंनु भएको थियो, त्यसपछि मलाई बैकले घरको रहर भयो र त्यो पनि बनाए पछि त्यो ढल्यो र बाध्यतामा फेरी उस्तै गोठेघर पनि बनाउनु पर्यो। हामी सपरिवार तराईमा झरेपछि कसैले आगो लगाईदिएछ। ती सबै अतितका बिषय हुन।
मलाई लाग्यो यो त मेरो भ्रम नै हो। किनकी हाम्रो बालपन बितेको यहिँ हो त्यसैले मलाई त्यस्तै लाग्यो होला । यहाँ म उभिएकै ठाउँमा मेरा आँखाले केही खोजिरहेका थिए। तर त्यो भेटेका थिएनन् ।
” कसले यसरी बोक्रा ताछेको रहिछ आँपको ?”- देवीको आवाजले म झसङ्ग भएं ।
” ए.ए. बल्ल मलाई त्यो मैले खोजेको आँपको रूखलाई त म आफैले छोपेर पो उभिएको रहिछुँ। अब बल्ल मैले सम्झें त्यो आँप मेरो आमाले लगाउँनु भएको हो। एकछिन बोक्रा ताछेकोमा बिस्तारै हातले सहलाएं भाभुवक पनि भँए र “हस् आमा”- मनमनै भनेर बिदा लिएं।
दाङ, घोराही-१८










