लघुकथा : स्मरण

सुरेशकुमार पाण्डे

 बाबु अगाडी हेरेर हिंड अप्ठारो छ ! – आमाको जस्तै

अचानक आएको आवाजले म झसङ्ग भएँ ! यताउता हेर्दा पनि कसैलाई देखिन ।
दिउसो तीन बजेको थियो पुषको महिना भएपनि घाम राम्रै थियो। म एकछिन उभिंए यता उता हेरें र उपल्लो पाटोमा पुँग्यौँ। म र मेरो जीवन साथि सँगै थियौँ।

म बाँस भएको तर्फ लाग्नै थालेको थिए ” बाबु !” फेरी उस्तै आवाज झै महसूस भयो ।
हामि दुईजना बाहेक आर्को कुनै ब्यक्ती टाडासम्म पनि थिएन। पहिले हामी बसेको घरको नामोनीशान पनि छैन। जमीन बाँजै छ भाताभुङ्गै छ।

त्यहां एउटा गोठे घर बाले बनाउंनु भएको थियो, त्यसपछि मलाई बैकले घरको रहर भयो र त्यो पनि बनाए पछि त्यो ढल्यो र बाध्यतामा फेरी उस्तै गोठेघर पनि बनाउनु पर्यो। हामी सपरिवार तराईमा झरेपछि कसैले आगो लगाईदिएछ। ती सबै अतितका बिषय हुन।

मलाई लाग्यो यो त मेरो भ्रम नै हो। किनकी हाम्रो बालपन बितेको यहिँ हो त्यसैले मलाई त्यस्तै लाग्यो होला । यहाँ म उभिएकै ठाउँमा मेरा आँखाले केही खोजिरहेका थिए। तर त्यो भेटेका थिएनन् ।

” कसले यसरी बोक्रा ताछेको रहिछ आँपको ?”- देवीको आवाजले म झसङ्ग भएं ।
” ए.ए. बल्ल मलाई त्यो मैले खोजेको आँपको रूखलाई त म आफैले छोपेर पो उभिएको रहिछुँ। अब बल्ल मैले सम्झें त्यो आँप मेरो आमाले लगाउँनु भएको हो। एकछिन बोक्रा ताछेकोमा बिस्तारै हातले सहलाएं भाभुवक पनि भँए र “हस् आमा”- मनमनै भनेर बिदा लिएं।

दाङ, घोराही-१८

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker