भानु साहित्य उद्यान गुरुयोजना स्वीकृत, रु. १ अर्ब लागत अनुमान

भानु : भानु साहित्य उद्यानको विस्तृत परियोजना प्रतिवेदन (गुरुयोजना–मास्टर प्लान) भानु नगरपालिकाको नगर कार्यपालिकाबाट स्वीकृत भएको छ । गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा संघीय शहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेटमार्फत शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटर मार्ग स्तरोन्नति (कालोपत्रेसहित) तथा ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुखको निरन्तर पहल तथा राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण गत आर्थिक वर्षमै रम्घा डाँडामा रिटेनिङ वाल निर्माण र जग्गा अधिकरणको काम सम्पन्न भइसकेको छ । हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४ सय रोपनी जग्गा प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ ।

भानु साहित्य उद्यानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा बहुवर्षीय योजनामा समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए । यस अभियानमा सहयोग र चासो देखाउनु हुने राष्ट्रपतिप्रति नगरपालिकाले आभार व्यक्त गरेको उनले बताए ।

भानु नगरपालिकाले भानु साहित्य उद्यानलाई साहित्य, संस्कृति र पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। उद्यान निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र स्थानीय आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । भानु नगरपालिकाको समृद्धिको दिशामा एक ऐतिहासिक कदम भएको नगरप्रमुख त्रिपाठीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker