क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि नगद रु २५ हजार छ ।

यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु सात हजार रहेको छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शङ्कर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker