‘स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ’

दमौली : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकामा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले मन्त्रालयमा कर्मचारी जगेडामा बस्ने अनि स्थानीय तह निमित्तको भरमा चलाउने प्रवृत्ति अन्त्य गरिने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो, “स्थानीय तहमा निमित्त हटाउने अभियान सुरु भइसकेको छ । एक सय ७३ स्थानीय तह निमित्तको भरमा सञ्चालित भएका रहेछन् । त्यसलाई सुधार गरिनेछ । अन्यभन्दा तराईमा बढी समस्या देखिएको छ । निमित्तलाई शून्यमा झारिनेछ ।” भनसुनका आधारमा कर्मचारी सरुवा वा बढुवा नहुने बताउँदै उहाँले नीतिगत रूपमा यसलाई सुधार गर्दै लैजाने उल्लेख गर्नुभयो ।

मन्त्रालयको काम सरुवा र बढुवामात्रै गर्ने हो कि भन्ने आभास आमजनतामा भइरहेको बताउँदै मन्त्री न्यौपानेले भन्नुभयो, “म मन्त्रालयको नीतिगत सुधारमा अगाडि बढेको छु । यसका लागि प्रधानमन्त्रीले सहयोग गर्ने वचन दिइसक्नुभएको छ ।” सुशासन कायम गराउँदै पारदर्शी सेवा प्रवाहमा सबै कर्मचारी, स्थानीय, सरोकार भएका निकायलगायतको सहयोग अपरिहार्य रहेकामा उहाँले जोड दिनुभयो ।

मन्त्री न्यौपानेले एक सय स्थानीय तहमा समयमै बजेट नआएकाले तीनवटा सहसचिवको नेतृत्वमा टोली खटाइएको जनाउँदै सहजीकरण र समन्वय भइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि र कर्मचारीको भागबण्डा नमिल्दा बजेट रोकिएको अवस्था रहेछ । त्यस्ता ठाउँमा बजेट ल्याउन सहजीकरण गरिएको छ । केही पालिकाले बजेट ल्याइसकेका छन्, केही पालिकाले समय तोकेका छन् ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker