संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

काठमाडौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहिवार एक महत्वपूर्ण कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । मन्त्रालयका तर्फबाट मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबीच भएको सो सम्झौताले प्रशासनिक सेवालाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन ऐतिहासिक कदम चाल्ने अनुभूति गरिएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले नीतिगत सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सो सुधारको प्रत्यक्ष प्रभाव नागरिकले तल्लो तहसम्म अनुभूत गर्न पाउनु जरुरी रहेको जोड दिइन् । उनले भनिन् ‘जनताको सन्तुष्टि नै वास्तविक मूल्याङ्कनको आधार हो, त्यसैले सेवा प्रवाह परिणाममुखी हुनुपर्छ ।’ मन्त्री न्यौपानेले सम्पूर्ण संरचनालाई नागरिक–केन्द्रित दृष्टिकोणमा अघि बढ्न निर्देशन दिइन् ।

मन्त्री न्यौपानेले मन्त्रालयले अघि सारेका सुधारात्मक नीति तथा कार्यक्रमलाई द्रुत कार्यान्वयन गरेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई आह्वान गरिन् । उनका अनुसार, अबको प्राथमिकता शक्तिशाली प्रशासनिक संरचना, विवादरहित सरुवा प्रणाली र सेवाग्राहीमैत्री सेवा प्रवाह हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै सचिव पन्थले मन्त्री न्यौपानेले औंल्याएका चुनौती र प्राथमिकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तयार गरी मन्त्रालयले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव पन्थले यस सम्झौताले सम्पूर्ण प्रशासनिक निकायमा परिणाममुखी काम गर्ने नयाँ संस्कार स्थापित गर्ने बताए । उक्त अवसरमा मन्त्रालयका सहसचिवहरुको उपस्थिती रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker