रास्वपा व्यास नगर सभापतिमा दाहाल विजयी

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर सभापतिमा चुडामणि दाहाल विजयी भएका छन् । व्यास नगर समितिको शुक्रबार सम्पन्न प्रथम अधिवेशनले दाहालक सभापतिमा विजयी भएका हुन् ।

मतदान प्रक्रियाबाट विजयी दाहालले १४२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सूर्यचन्द्र लम्सालले २४ र सुशील पौडेलले २७ मत प्राप्त गरेको बताइएको छ

यस्तै उपसभापतिमा नागेन्द्र ढुङ्गाना विजयी भएका छन् । उनले १३६ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी गोविन्द श्रेष्ठले ५८ मत प्राप्त गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा सूर्यभक्त अधिकारी १२५ र राजु दाहाल ११३ मत प्राप्त गरी विजयी भएका छन् भने सचिवमा भाग्यशाली ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker