जनैपूर्णिमा : ब्राम्हण समाज तनहुँद्वारा दमौलीमा सामूहिक रक्षाबन्धन, ३१५ जना सहभागि

भञ्ज्याङ न्यूज

नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ ।

यसपालि बिहीबार र शुक्रबार दुइ दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाइएको हो ।

यो पर्वलाई ‘रक्षा बन्धन’ वा ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ । पूर्णिमाका दिन नयाँ जनै लगाउने तागाधारीले बिहानी उठी नुहाइधुवाइ गरी वैदिक मन्त्र उच्चारण र सप्तर्षिलाई तर्पण गरी जलसेचन गराइएको जनै धारण गर्ने परम्परा छ । उनीहरू पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेर्ने गर्छन् ।

डोरो शरीर सुरक्षा ‘कवच’का रूपमा रहेको भन्दै पण्डित माधवप्रसाद शर्मा बन्धनले विभिन्न विकार र दूषित कीटाणुबाट रक्षा गर्ने बताउँछन् । ‘संसार विश्वासमा अडिएको छ,’ उनी भन्छन्, ‘कोरोनाजस्ता भाइरसलाई स्वास्थ्य सावधानी अपनाएमा हामीले बाँध्ने रक्षा बन्धनले त्यसविरुद्ध लड्ने आत्मविश्वासमा मद्दत पुग्न सुक्छ ।’

जनाई लगाउने तागाधारीले गोबर, माटो, कुस लगाएर पवित्र जलाशयमा गएर स्नान गरी दतिवन वा अपामार्गले दाँत माझ्ने र पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गरिएको संस्कृतिविद् बताउँछन् । पूणिर्माका दिन कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र वशिष्ठलगायत सप्तर्षिलाई तर्पण दिने गरिएकाले यसलाई ‘ऋषि तर्पणी’ भन्ने गरिएको हो ।

पूर्णिमाका दिन पुरोहितले यजमानका हातमा पहेंलो धागोको रक्षाबन्धन बाँधिदिने चलन छ । यो धाँगो बाँध्नाले शरीर रक्षा हुने विश्वास रहिआएको छ । ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिवध्नामी रक्षेमा चल मा चल’ मन्त्र पढ्दै ब्राहृमणले यजमानको नाडीमा बाँधिदिन्छन् ।

यस्तै, समाजमा रहेको जातीय विभेद न्यूनीकरणका लागि ब्राम्हण समाज नेपाल तनहुँले दमौलीमा सामूहिक रक्षाबन्धन कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा विभिन्न समुदायका ३१५ जनालाई सामूहिक रक्षाबन्धन गरिदिएको छ ।

रक्षाबन्धन कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताए । उनका अनुसार सामूहिक रक्षाबन्धनमा बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्मको सहभागिता थियो ।

समाजमा रहेको जातीय विभेद न्यूनीकरणका लागि सामूहिक रक्षाबन्धन गरिएको समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले बताए ।

सामूहिक रक्षाबन्धनमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विक पनि सहभागी भएका थिए । यस्ता कार्यक्रमले समाजमा रहेको कुरिती अन्त्यका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker