नेपाल भूतपूर्व सैनिक क्लव तनहुँको अध्यक्षमा सहविर

तनहुँ : नेपाल भूतपूर्व सैनिक क्लव तनहुँको अध्यक्षमा क्या. सहविर उच्चै सर्वसम्मत चयन भएका छन्। क्लवको बिहीबार सम्पन्न १३औ अधिवेशनबाट सहविरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा सु. मदराज मल्ल, सचिव क्या सोमबहादुर थापा, कोषाध्यक्षमा असुमे सुर्यबहादुर थापा र सहसचिवमा असुमे केशबहादुर थापा चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा सु. नेत्रबहादुर बस्नेत, अनासु देवीराम कार्की, सु दामोदर शाही, इन्स्पेक्टर आशा कुमार प्रधान, सु चिनबहादुर भण्डारी, ना राधेश्याम श्रेष्ठ, ना रनबहादुर गुरूङ, ज शान्ता खवास, पवित्रा राना र दिलमाया थापा चयन भएको निर्वाचन संयोजक क्याप्टेन सन्त लाल श्रेष्ठले बताए ।
अधिवेशन उद्घाटन समारोहमा मानार्थ सदस्य एवं पूर्व वृटिस सेनाका सिपीएल केहरसिँह थापाले क्याप्टेन तारालाल मल्लको कार्याकाल अत्यन्तै उत्कृष्ट रहेको बताए । मल्ल नेतृत्वको समितिले भूपूहरूको मर्म र महत्व बुझेर काम गरेको भन्दै प्रमुख अतिथि थापाले भूपूहरूलाई समय अनुसार चलायमान बनाउनुपर्ने जोडदिए ।
कार्यक्रममा ग्रिन उइच एक्स सर्भिसमेन एशोसीयसन लण्डनका अध्यक्ष हरिकुमार मल्लले पद लिँदा मात्रै होइन नलिँदा पनि क्लवको लागि काम गर्नुपर्ने भन्दै समाज बिकासमा भूपूहरूको योगदान महत्वपूर्ण रहेको बताए ।
क्लवका अध्यक्ष क्याप्टेन तारा लाल मल्लको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व मे. सार्जन शुन्दर गुरूङ, व्यास–४ का अध्यक्ष ले. मनबहादुर गुरूङ, पुर्व अध्यक्ष एवं सल्लाहकार ले. देवबहादुर गुरूङ, सल्लाहकार क्याप्टेन सुर्जकुमार मल्ल लगायतका वक्ताहरुले भूपूहरूले आफ्नो ज्ञान सीप, क्षमता र अनुभव अनुसार क्लव तथा समाजमा योगदान दिनसक्नुपर्नेमा जोड दिएका थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker