तनहुँमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै, संक्रमितको संख्या ९८० पुग्यो, ६२२ निको भए

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा पछिल्लो समय दैनिक कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ । जिल्ला स्वास्थ्य कार्याल्य तनहुँले र्सार्वजनिक गरेको तथ्याङ्कमा शनिबार साँझसम्म संक्रमितको संख्या ९८० पुगेको छ । जिल्लामा शनिबार मात्रै २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दो छ । स्वास्थ्य सावधानी नअप्नाई अनावश्यक रुपमा घरबाहिरा निस्कनु, भिडभाडमा सहभागी हुनु, घुमफिर गर्नुनै संक्रमण बढ्नुको मुख्य कारण रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘पछिल्लो समय पर्यटकीय गतिविधि पनि बढ्दै गएको छ’, उनले भने, ‘मानिसहरु स्वास्थ्य सुरक्षाका सावधानी नअप्नाई पुरानै शैलिमा र्फकन खोज्दा जोखिम बढ्दै गएको छ ।’
हालसम्म जिल्लामा १० हजार ७८० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएकोमा ९ हजार २९८ जनाको नेगेटिभ र ९८० जनाको पोजेटिभ रिपोर्ट आएको छ । यसमध्ये ६२२ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालय अुनसार १९३ जना होम आइसोलेशनमा र २५ जना सक्रमित स्थानीय तहले निर्माण गरेको आइसोलेशनमा उपचारत छन् ।