डेङ्गी खोज र नष्ट गर

तनहुँको भिमाद नगरपालिका र भिमाद प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा डेङ्गी संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि खोजौ र नष्ट गरौं अभियानमा सहभागिहरु । भिमादको वडा नं. ६ स्थित बसपार्क, नयाँबस्ती, क्याम्पसरोड, मालेबगर, लखनचोक, कुमारचोक, न्यूरोड लगायतका टोलहरूमा डेङ्गी रोग गराउन सक्ने लामखुट्टेको बासस्थान पहिचान गरी ‘खोज र नष्ट’ अभियान सञ्चालन गरिएको थियो ।

भिमादमा डेङ्गी नियन्त्रणमा सबैको साथ र सहकार्य अपरिहार्य रहेकाले आफ्नो घर, आँगन तथा वरपर पानी जम्न नदिऔँ, लामखुट्टेको बासस्थान नष्ट गरौँ र स्वस्थ समुदाय निर्माणमा हातेमालो गरौं भन्ने अभियान सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ










